काठमाडौं। फेवाताल को बीच भागमा अलपत्र परेका ११ जनाको आइतबार दिउँसो करिब सवा ४ बजे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा अचानक आएको हावाहुरीका कारण स्ट्यान्डिङ प्याडल बोटमा सवार उनीहरू तालको बीच भागमा फसेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डमा रहेको टोलीले फेवा रेस्क्यु टावरबाट परिचालन भई उद्धार कार्य सम्पन्न गरेको जनाएको छ।
उद्धार गरिएकाहरूमा तनहुँ, कास्की, म्याग्दी लगायत विभिन्न स्थानका नागरिक तथा भारतका तीन जना रहेका छन्। सबैको अवस्था सामान्य रहेको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया