काठमाडौं। प्रधानमन्त्री बालेन शाह को अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजेबाट सुरु भएको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकबाट भएका निर्णयहरू यसप्रकार छन्:
– डिजिटल नेपाल रूपान्तरण परियोजनाका लागि Asian Development Bank र World Bank बाट क्रमशः ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
– दिगो तथा समावेशी वित्त परियोजनाका लागि World Bank बाट ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
– नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने।
– राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ले दिएको राजीनामा स्वीकृत गर्ने।
– पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सबै शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने।
– शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने।
– डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने।
– आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने।
फेसबुकबाट तपाईको प्रतिक्रिया