काठमाडौं। प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोल प्रसाद अर्याल ले आइतबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका छन्।
यसअघि उनले रामचन्द्र पौडेल समक्ष शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
पदभार ग्रहण गर्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ र निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गरे। उनले संसद सत्तापक्ष र प्रतिपक्ष दुवैका लागि समान रूपमा चलाउनुपर्ने बताउँदै विशेषगरी प्रतिपक्षको भूमिकालाई महत्वपूर्ण रूपमा हेर्ने उल्लेख गरे।
उनले भने, “सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्छ, त्यसैअनुसार काम गर्नेछु। यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता नै हुन्।”
अर्यालले संसदलाई कानून निर्माण गर्ने मुख्य थलोका रूपमा व्याख्या गर्दै मुलुक र जनताको आवश्यकताअनुसार प्रभावकारी कानून निर्माणमा अग्रसर रहने बताए। साथै कानूनी संरचना निर्माण र त्यसको कार्यान्वयनमा पनि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया