नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु हुने

267 Shares

काठमाडौं। सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले नयाँ शैक्षिक सत्र सोही मितिबाट सुरु हुने जानकारी दिएका छन्।

यस निर्णयसँगै देशभरका विद्यालयहरू निर्धारित मितिबाट नयाँ शैक्षिक गतिविधिमा प्रवेश गर्नेछन्।