काठमाडौं। नेपाल प्रहरीले चार दिनमा गुण्डागर्दी, बिचौलिया र अभद्र व्यवहारका आरोपमा २ सय २६ जनालाई पक्राउ गरी कानूनी कारबाही सुरु गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार, चैत १८–२१ गते चलाइएको खोजी अभियानमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने, बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया गतिविधि गर्ने र विभिन्न ठाउँमा गुण्डागर्दी गर्ने कार्यमा संलग्न भएको प्रहरीको भनाइ छ। सबै पक्राउ परेकाहरूमा थप अनुसन्धान जारी छ।
प्रदेश अनुसार पक्राउ विवरण:
- चैत १८: काठमाडौं उपत्यका ५१, कोशी प्रदेश १८
- चैत १९: कोशी १, मधेश ७, बागमती २३, गण्डकी २, कर्णाली ११
- चैत २०: मधेश ८, गण्डकी १०, लुम्बिनी ४, सुदूरपश्चिम २
- चैत २१: काठमाडौं उपत्यका ६२
उक्त अभियानमा **‘सानुभाइ’ भनिने युवराज गुरुङ पनि पक्राउ परेका छन्।
यसैबीच, जिल्ला प्रहरी परिसर भक्तपुरले शनिबार राति ६० जनालाई पनि पक्राउ गरेको छ। प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार अभियान निरन्तर चलिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया