इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स को रोमाञ्चक जित, गुजरात टाइटन्स ६ रनले पराजित भारतमा शनिबार राति भएको उच्च स्कोरिङ खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि ६ रनको रोमाञ्चक जित निकालेको छ। २११ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमै सीमित भयो।
गुजरातका लागि साई सुदर्शन ले ७३ रनको शानदार अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। अन्तिम ओभरसम्म पुगेको खेलमा ठूलो सटको आवश्यकता भए पनि राजस्थानका बलरहरूले कसिलो प्रदर्शन गर्दै विपक्षीलाई लक्ष्यभन्दा टाढा राखे।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो। टोलीका लागि यशश्वी जैसवाल ले ५५ रन बनाए भने ध्रुव जुरेल ले ७५ रनको उत्कृष्ट इनिङ खेले। वैभव सूर्यवंशी ले पनि तीव्र ३१ रनको योगदान दिए।
बलिङतर्फ रवि बिश्नोई ले चार विकेट लिएर टोलीको जित सुनिश्चित गरे।
यस जितसँगै राजस्थान रोयल्सले तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। लगातार दुई जितसहित टोली शीर्ष स्थानमा उक्लिएको हो भने दिल्ली र पञ्जाब समान अंक भए पनि रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया