कांग्रेस सभामुख दौडबाट बाहिर, अर्यालको जित लगभग निश्चित

112 Shares

काठमाडौं । नेपाली कांग्रेस ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ।

सत्तापक्षसँग संसद्मा सुविधाजनक बहुमत रहेको र सभामुख साझा तथा निष्पक्ष व्यक्ति हुनुपर्ने मान्यताका आधारमा उम्मेदवारी नदिने निर्णय गरिएको पार्टीका महामन्त्री प्रदीप पौडेल ले जानकारी दिए। उनले संसद् मर्यादित र निष्पक्ष ढंगले सञ्चालन हुने अपेक्षा व्यक्त गरे।

यता नेकपा एमाले ले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अझै निर्णय गरिसकेको छैन। सांसद गुरुप्रसाद बराल का अनुसार सचिवालय बैठकपछि निर्णय सार्वजनिक गरिनेछ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ले डोलप्रसाद अर्याल लाई सभामुखको उम्मेदवार बनाइसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट रहेको हुँदा अर्यालको जित लगभग निश्चित देखिएको छ।