राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते

164 Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ।

बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन मिति तोक्नुभएको हो।

उहाँले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय लाई निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको छ।

त्यसैगरी, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचन चैत २४ गते हुने तय भएको छ। उक्त निर्वाचनका लागि अध्यक्ष दाहालले राष्ट्रिय सभाका सचिव तुलबहादुर पाण्डे लाई कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिनुभएको छ।

यसैबीच, राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने जनाइएको छ।