एमसीसी खारेज र सीमा निगरानी कडा बनाउन हर्कराज राईको माग

145 Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले प्रतिनिधिसभामा बोल्दै एमसीसी खारेज गर्न र सीमावर्ती क्षेत्रमा सरकारी निगरानी कडा बनाउन माग गर्नुभएको छ।

उहाँले सांसदहरूको सम्पत्ति छानबिन गर्नुपर्ने, शिक्षा प्रणालीलाई उत्पादन, निर्माण र आविष्कारसँग जोड्नुपर्ने तथा जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिनुभयो।

राईले समयपालनमा हुने ढिलाइ र संसदभित्र देखिएको विभेदप्रति पनि गुनासो गर्नुभयो। यस्ता समस्याले जनप्रतिनिधिको कार्यक्षमतामा असर परेको उहाँको भनाइ थियो।