राष्ट्रिय एकताका लागि सहकार्य गर्न आङ्देम्बेको आग्रह

117 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे ले दल फरक भए पनि सबै एउटै देशका नागरिक भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याउनुभएको छ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले सबै राजनीतिक शक्ति एउटै “नौकामा” रहेको बताउनुभयो।

उहाँले देशको राजनीतिक इतिहास स्मरण गर्दै ००७ सालको क्रान्ति, २०४६ को जनआन्दोलन, सशस्त्र द्वन्द्व, ०६२/०६३ को जनआन्दोलन तथा मधेस आन्दोलनलगायतका संघर्षमा ज्यान गुमाएका सहिदप्रति सम्मान प्रकट गर्न आग्रह गर्नुभयो।

विगतका त्याग र बलिदानलाई स्मरण गर्दै अब देशलाई सही दिशामा अघि बढाउन सबै दलले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो। साथै नागरिकमा नयाँ आशा, विश्वास र भरोसा जगाउने जिम्मेवारी राजनीतिक दलहरूकै भएकोमा उहाँले जोड दिनुभयो।