प्रतिपक्षीलाई निगरानी गर्न रवि लामिछानेको आग्रह

109 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले प्रतिपक्षी दलहरूलाई आफ्नो पार्टी र सरकारमाथि निरन्तर निगरानी राख्न आग्रह गर्नुभएको छ।

संसदमा बोल्दै उहाँले प्रतिपक्षीलाई सरकारका कमजोरी औंल्याउन र गल्ती सुधार्न सहयोग गर्न अपिल गर्नुभयो। आफ्नो नेतृत्वको सरकार देशमा परिवर्तन ल्याउन प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

लामिछानेले प्रतिपक्षीका सुझाव जायज भए कार्यान्वयन गर्न तयार रहेको उल्लेख गर्दै सहकार्यको संकेत दिनुभएको छ।