साफ यू–२० सेमिफाइनलमा नेपालको हार, बङ्गलादेश फाइनलमा

122 Shares

काठमाडौं । SAFF U-20 Championship को सेमिफाइनल खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ।

माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा बुधबार भएको खेलमा नेपाल Bangladesh सँग १–० गोलले हार व्यहोरेको हो। यस जितसँगै बङ्गलादेश लगातार तेस्रो पटक फाइनलमा पुगेको छ। नेपाल भने सन् २०२५ को सेमिफाइनलमा पनि बङ्गलादेशसँगै पराजित भएको थियो।

अर्को सेमिफाइनलमा India ले Bhutan लाई ५–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको छ।

अब उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शुक्रबार राति हुने भएको छ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणमा Sri Lanka र भुटानलाई हराएको थियो भने Maldives सँग बराबरी खेलेको थियो।