खड्का र शर्मालाई रिहा गर्न अस्वीकार, सर्वोच्चद्वारा कारण देखाउ आदेश

132 Shares

काठमाडौं । सर्वोच्च अदालत ले पूर्वमन्त्री दिपक खड्का र लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मा लाई रिहा गर्न अस्वीकार गरेको छ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका खड्का तथा घरेलु श्रम र शारीरिक शोषणको आरोपमा पक्राउ परेकी शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले रिहा नगरी कारण देखाउ आदेश मात्रै जारी गरेको हो।

खड्काकी पत्नी विनिता थापा ले दायर गरेको रिटमा न्यायाधीश श्रीकान्त पौडेल को एकल इजलासले सुनुवाइ गर्दै पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ।

यस्तै, रेखा शर्माका पति चिन्तामणि शर्मा ले दायर गरेको रिटमा पनि अदालतले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लगायत निकायलाई पक्राउको कारणसहितको जवाफ पेश गर्न निर्देशन दिएको छ।

अदालतको आदेशअनुसार सम्बन्धित निकायले अब पक्राउको औचित्य पुष्टि गर्दै जवाफ पेश गर्नुपर्नेछ।