कांग्रेस संस्थापनइतर समूहको बैठक जारी: आगामी रणनीतिमा छलफल

114 Shares

काठमाडौं । नेपाली कांग्रेस का संस्थापनइतर नेताहरूको केन्द्रीय समिति बैठक जारी रहेको छ।

मंगलबारबाट सुरु भएको बैठकलाई बुधबार पनि निरन्तरता दिइएको हो। पार्टीको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालत को फैसलाको पर्खाइमा रहेका पूर्णबहादुर खड्काशेखर कोईराला समूहले आगामी रणनीति तय गर्न छलफल अघि बढाएको हो।

काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा भइरहेको बैठकमा १४ औं केन्द्रीय कार्यसमितिमा रहेका सो समूहका नेताहरू सहभागी छन्।

बैठकमा सुरेन्द्र पाण्डे समेत सहभागी हुनुभएको छ।

संस्थापनइतर पक्षले आफ्नो गतिविधि अघि बढाएको भन्दै संस्थापन पक्षले भने आपत्ति जनाउँदै कारबाहीको तयारी गरेको जनाएको छ।