एजेन्सी । डोनाल्ड ट्रम्प ले आगामी दुईदेखि तीन हप्ताभित्र इरान बाट अमेरिकी सेना फिर्ता हुने घोषणा गर्नुभएको छ।
ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर भएको र सम्झौताका लागि ‘भिख मागिरहेको’ दाबी गर्नुभयो। उहाँका अनुसार इरानसँग सम्झौता हुनु वा नहुनुले अब खासै अर्थ नराख्ने अवस्था आएको छ।
ट्रम्पले इरानी शासनले आगामी वर्षहरूमा परमाणु हतियार बनाउन नसक्ने सुनिश्चित भएपछि मात्रै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता गरिने स्पष्ट पार्नुभयो।
यसैबीच, अमेरिकी सहयोगी राष्ट्रहरूलाई चेतावनी दिँदै उहाँले हर्मुज जलडमरूमध्य बाट तेल आपूर्तिका लागि आफैँ लड्न सुझाव दिनुभएको छ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथ ले उक्त प्रमुख व्यापारिक मार्गमा जहाजको आवागमन बढिरहेको बताए पनि कूटनीतिक विश्लेषकहरूले भने हर्मुज क्षेत्रमा इरानको प्रभावलाई चुनौती दिन अझै कोही तयार नभएको उल्लेख गरेका छन्।
ट्रम्पको यस घोषणाले पश्चिम एशियाको सुरक्षा राजनीतिमा नयाँ हलचल ल्याउने देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया