कांग्रेस अनुशासन समितिको बैठक आज: निर्वाचनका अनियमिततामाथि छलफल हुने

138 Shares

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बस्ने भएको छ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिनुभएको हो।

तारामान गुरुङ को संयोजकत्वमा बस्ने उक्त बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघन तथा अनियमितताका विषयमा छलफल हुने बुझिएको छ।

कांग्रेसले केन्द्रीय अनुशासन समितिका सदस्यहरूलाई बैठकमा उपस्थित हुन सूचनामार्फत अनुरोध समेत गरेको छ।