प्रतिनिधिसभामा रहेका दलहरूको बैठक आज: संसद सञ्चालनबारे छलफल हुने

151 Shares

काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा बुधबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डे ले दिउँसो २ बजे बैठक बस्ने जानकारी दिनुभएको हो। उहाँका अनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले प्रतिनिधित्व गरेका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

सचिवालयले यी दलहरूको बैठक बोलाएर अब संसद कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्ने जनाएको छ।