काठमाडौं । नेकपा एमालेकाे संसदीय दलको बैठक बुधबार बस्ने भएकाे छ ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेत ले जानकारी दिनुभएको हो। बैठकमा प्रतिनिधिसभामा दलको नेता चयन र संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने समेत उहाँले बताउनुभएको छ।
रामचन्द्र पौडेल को आह्वानमा संघीय संसदका दुवै सदनको बैठक बिहीबारदेखि सुरु हुने भएको छ। प्रतिनिधिसभामा नेकपा एमाले तेस्रो दलको रूपमा रहेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले २५ सिट जितेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया