नेपालमा पश्चिमी वायुको प्रभाव: विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

132 Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको छ।

बुधबार बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। साथै बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ।

गण्डकी, कोशी प्रदेश, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै, बुधबार दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने पहाडी तथा तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश का पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बुधबार राति भने कोशी प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेश का हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा रातिको समयमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।