काठमाडौं । पुष्पकमल दाहाल ले महिला तथा उत्पीडित समुदायको अधिकार आफ्नै पार्टीको त्याग र बलिदानबाट स्थापित भएको दाबी गर्नुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजकसमेत रहेका दाहालले हालै सम्पन्न निर्वाचनमा सिट कम आए पनि आफ्नो मुद्दा विजयी भएको उल्लेख गर्नुभयो।
उहाँले जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता र संविधानसभामार्फत स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको श्रेय आफ्नै नेतृत्वको आन्दोलनलाई जाने बताउनुभयो। साथै, महिलालगायत उत्पीडित वर्गको अधिकार सुनिश्चित हुनुमा आफ्नो भूमिका निर्णायक रहेको उहाँको भनाइ थियो।
दाहालले बालेन्द्र शाह नेतृत्वको सरकारलाई रचनात्मक र सिर्जनात्मक रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो। राम्रो काममा समर्थन र कमजोरी देखिए आलोचना गर्ने धारणा उनले व्यक्त गर्नुभयो।
प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्र उपस्थित रहेको उल्लेख गर्दै उहाँले यसलाई चुनौती र अवसर दुवैका रूपमा लिएको बताउनुभयो। साथै, संसदमार्फत सुशासन र व्यवस्थाको रक्षा गर्न रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया