काठमाडौं । नेपाली कांग्रेस को संस्थापनइतर समूहको भेला आज धुम्बाराहीस्थित होटल स्मार्टमा हुँदैछ। भेलामा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी भएका छन्।
भेला पूर्णबहादुर खड्का को सभापतित्वमा सुरु हुने बताइएको छ। यद्यपि, यसलाई औपचारिक बैठक नभई अनौपचारिक भेला भएको नेता गुरु बराल ले जानकारी दिएका छन्।
उनका अनुसार भेलामा पार्टीभित्र ध्रुवीकरण नभई एकता कायम गर्ने, हालैका निर्वाचनको समीक्षा गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। विशेषगरी केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक सम्बन्धी विषयमा पनि कुराकानी हुने बताइएको छ।
भेलामा शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
यसैगरी, विभिन्न प्रदेशका नेताहरू तथा केन्द्रीय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको उक्त भेलाले पार्टीभित्रको रणनीति, समन्वय र आगामी राजनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया