संघीय संसदको अधिवेशन आह्वान: चैत १९ गते दिउँसो २ बजे बस्ने

143 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले चैत १९ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। अधिवेशन सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ (१) बमोजिम सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरिएको हो।

फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाको यो पहिलो अधिवेशन हुने भएको छ, जसलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।