काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य भू–भागमा आंशिक बदली देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बागमती र गण्डकीसहित पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ । अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाले कोशी, गण्डकी, कर्णाली र बागमती प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया