काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लाई पक्राउपछि त्रिवि शिक्षण अस्पताल मा भर्ना गरिएको छ। उनलाई अस्पतालको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीको नेफ्रोलोजी तथा मुटुसम्बन्धी परीक्षण गरिएको थियो। परीक्षणपछि उनलाई मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि छुट्याइएको विशेष कक्षमा सारिएको हो।
जेन–जी आन्दोलनसँग सम्बन्धित आरोपमा पक्राउ परेका उनलाई सार्वजनिक बिदाका कारण आइतबार मात्रै अदालतमा पेस गर्ने तयारी गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया