गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर प्रहरी कार्यालय पुगे

141 Shares

काठमाडौँ — गृहमन्त्री सुधन गुरूङ आफैं गाडी चलाएर ललितपुरस्थित प्रहरी कार्यालय पुगेका छन्। केहीबेरअघि उनी त्यहाँ पुगेका हुन्।

यसअघि उनले केपी शर्मा ओलीरमेश लेखक पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए। त्यसलगत्तै उनी प्रहरी कार्यालय पुगेका हुन्।

उनी के कारणले त्यहाँ एक्कासि पुगेका हुन् भन्नेबारे प्रहरीले हालसम्म कुनै आधिकारिक जानकारी गराएको छैन।