ओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आजैदेखि आन्दोलन घोषणा

107 Shares

काठमाडौँ — नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेत ले जानकारी दिएका छन्।

ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो। एमालेले आजैदेखि सडक प्रदर्शन सुरु गर्ने पनि जनाएको छ।

बस्नेतले पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको उल्लेख गर्दै ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। साथै, गृहमन्त्री सुधन गुरूङ माथि समेत उनले आलोचना गरेका छन्।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखेको छ।