काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना ले प्रधानमन्त्री बालेन्द्र शाह को भिजनअनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री तिमिल्सिनाले मन्त्रीको रूपमा आफूलाई कुनै पनि प्रकारको गल्ती गर्ने छुट नरहेको स्पष्ट पारे। उहाँले राष्ट्रको हितमा गर्व गर्न लायक काम गर्ने गरी इमान्दार भएर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री तिमिल्सिनाले मातहतका निकायलाई पनि देशको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिँदै कर्मचारीहरूले आफ्नो क्षमताको पूर्ण उपयोग गर्ने समय आएको उल्लेख गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया