महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिइन्

153 Shares

काठमाडौं । सविता भण्डारी बराल ले महान्यायाधिवक्ताको पदबाट राजीनामा दिइन्। उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्की ले नियुक्त गरेकी थिइन्।

प्रधानमन्त्री कार्की पदमुक्त भएपछि सामान्य अभ्यासअनुसार महान्यायाधिवक्ताले पनि पदबाट राजीनामा दिने परम्परा रहन्छ। भण्डारीलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन्।

करिब साढे ६ महिनाको कार्यकालमा भण्डारीले सार्वजनिक पदमा रहँदै धेरै विवादास्पद निर्णय लिएकी अधिकारीको रूपमा चिनिएकी छिन्। उनका कार्यकालमा कम्तीमा पाँचवटा निर्णय विवादास्पद रहेको र उनी स्वयं र छोरीसँग सम्बन्धित होप फर्टिलिटी डिम्ब तस्करी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको पनि उल्लेखनीय छ।