सुधन गुरुङले गृहमन्त्रीको पदभार ग्रहण, एकद्वार प्रणाली र सुशासनमा जोड

185 Shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै मन्त्री गुरुङ सिंहदरबार पुगेर औपचारिक जिम्मेवारी सम्हाल्नुभएको हो।

पदभार ग्रहण समारोहमा मन्त्री गुरुङले आफ्नो कार्यकालको पहिलो निर्णय सार्वजनिक गर्दै सबै काम एकद्वार प्रणालीबाट अघि बढाउने योजना रहेको बताए। उहाँले पनि भीआईपी लावालस्कर प्रयोग गरी जनतालाई दु:ख दिने काम नगर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

‘म कम बोल्ने मान्छे हुँ। एक्सनमा जान्छु। जेनजीको माग अनुसार हामी आएका हौं। सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ उहाँले भन्नुभयो। साथै, सर्भिस डेलिभरी सम्बन्धी गुनासा आउन नदिन कर्मचारीहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ।