काठमाडौं । नरेन्द्र मोदी ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिएका छन् ।
मोदीले शुक्रबार सामाजिक सञ्जालमार्फत शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाल सरकारसँग नजिकबाट काम गर्ने चाहना पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले शाहको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् । साथै दुई देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मैत्री र सहकार्यलाई अझ उचाइँमा पुर्याउन सहकार्य गर्ने अपेक्षा राखेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया