मन्त्रालय गाभ्ने तयारी, बालेन नेतृत्वको मन्त्रिपरिषद् १६ वरिपरि सीमित हुने संकेत

128 Shares

काठमाडौं । बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन हुने चर्चा चलिरहँदा मन्त्रालयहरूको संख्या घटाउने र गाभ्ने तयारीसमेत अघि बढेको छ ।

शुक्रबार बिहानदेखि सार्वजनिक भइरहेका विवरणअनुसार केही मन्त्रीहरूलाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार ती मन्त्रालयहरू आगामी मन्त्रिपरिषद् बैठकपछि औपचारिक रूपमा गाभिनेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भनेको छ, “अहिले एउटै मन्त्रीलाई दिइएका दुई मन्त्रालयहरूलाई मन्त्रिपरिषद् निर्णयपछि आपसमा गाभिनेछ ।”

मन्त्रालयको संख्या र कार्यविभाजन निर्धारण गर्ने आधार नेपाल सरकारको कार्यविभाजन नियमावली हो । पहिलो मन्त्रिपरिषद् बैठकअघि यस नियमावली संशोधन गर्न नमिल्ने भएकाले अस्थायी रूपमा एउटै मन्त्रीलाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कुन–कुन मन्त्रालय गाभिने?

राष्ट्रपति कार्यालयमा पठाइएको विवरणअनुसार कम्तिमा पाँच मन्त्रालय गाभिने तयारी छ ।

  • शहरी विकास
  • युवा तथा खेलकुद
  • खानेपानी
  • भूमि व्यवस्था
  • वन तथा वातावरण

सम्भावित गाभिने संरचना

  • भौतिक पूर्वाधार तथा यातायात + शहरी विकास
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ (एकीकृत)
  • शिक्षा, विज्ञान तथा प्रविधि + युवा तथा खेलकुद
  • स्वास्थ्य तथा जनसंख्या + खानेपानी
  • संघीय मामिला तथा सामान्य प्रशासन + भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
  • कृषि तथा पशुपन्छी विकास + वन तथा वातावरण

प्रधानमन्त्री बालेनले भने रक्षा र उद्योग मन्त्रालय आफ्नै जिम्मेवारीमा राखेका छन् । यी दुई मन्त्रालय गाभिने सम्भावना कम देखिएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय गाभ्ने औपचारिक निर्णय गर्ने तयारी छ ।

हाल २०७५ सालमा जारी नियमावलीअनुसार २१ मन्त्रालय रहेकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेत जोड्दा संख्या २२ पुग्छ । नयाँ संरचनापछि मन्त्रालय संख्या करिब १६ हाराहारीमा सीमित हुने देखिएको छ ।

कार्यविभाजन नियमावलीः