बालेन्द्र शाह पहिलो पटक प्रधानमन्त्री नियुक्त: ऐतिहासिक क्षण

135 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले बालेन्द्र शाह लाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा नेता शाहलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

यो नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक धारा ७६(१) प्रयोग गरी प्रधानमन्त्री नियुक्त हुने घटना हो । साथै, मधेशी समुदायका व्यक्तिले नेपालका प्रधानमन्त्री बन्ने यो ऐतिहासिक पहिलो घटना पनि हो ।

काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका शाह, संसद् छिर्नेबित्तिकै पहिलोपटक प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।