काठमाडौं: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार पनि दुई खेल भइरहेका छन्। बिहान साढे ९ बजेदेखि सुरु भएका खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ भने बागमती प्रदेशले नेपाल पुलिस क्लबसँग सामना गरिरहेको छ।
यसअघि खेलेको एक खेलमा आर्मीले जित हात पार्दा गण्डकीले पराजय भोगेको थियो। उता, दुई/दुई खेल खेलेका पुलिस र बागमतीले एक–एक जित र एक–एक हार व्यहोरेका छन्।
यसपटक प्रतियोगिता मधेश र बागमती प्रदेशमा सञ्चालन भइरहेको छ। मधेशको जनकपुर र वीरगञ्ज तथा बागमतीको काठमाडौंमा खेलहरू भइरहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया