काठमाडौंमा अर्थमन्त्री रामेश्वर खनाल ले प्रधानमन्त्री तथा मन्त्रीहरूले साइत हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
भावी प्रधानमन्त्री बालेन्द्र शाह ले शुक्रबार दिउँसो १२ः३४ बजे शपथ लिने साइत तय भएको समाचार सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
अर्थमन्त्री खनालले यस्तो परम्परा आफूलाई मन नपरेको स्पष्ट पार्दै वर्तमान समयमा इमान्दारी र सुशासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले आफूहरू सरकारमा आउँदा साइत हेर्ने अभ्यास नभएको उल्लेख गर्दै देशले स्वच्छ निर्वाचन सम्पन्न गरेकोमा जोड दिएका छन्।
उनले साइत हेरेर शपथ ग्रहण गर्ने अभ्यासलाई स्वीकार गर्न नसकिने धारणा व्यक्त गर्दै आधुनिक शासन प्रणालीमा यस्ता अभ्यासहरूभन्दा कार्यक्षमता र पारदर्शितामा ध्यान दिनुपर्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया