कांग्रेस सुदृढीकरणका लागि एकता अपरिहार्य : नैनसिंह महर

98 Shares

काठमाडौं । नेपाली कांग्रेस का नेता नैनसिंह महर ले ऐतिहासिक विरासत बोकेको पार्टीलाई थप सुदृढ बनाउन एकता नै प्रमुख आवश्यकता रहेको बताएका छन्।

चितवनमा मंगलबार आयोजित भेटघाट तथा विमर्श कार्यक्रममा बोल्दै उनले पार्टीको गौरवशाली इतिहास र स्थापनाकालदेखि अँगालेको मध्यमार्गी लोकतान्त्रिक विचारलाई अझ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए।

महरले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई कांग्रेसको मुख्य शक्ति भएको उल्लेख गर्दै त्यसलाई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्ने धारणा राखे।

उनले पार्टीलाई थप जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म आत्मसमीक्षा आवश्यक रहेको बताए। साथै, विविध विचार र दृष्टिकोणलाई आत्मसात गर्दै संगठन सुदृढ गर्नुपर्नेमा उनले जोड दिए।

त्यसैगरी, लेबर पार्टी ले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिक्दै कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो अपनाउनुपर्ने उनको भनाइ थियो।