त्रिभुवन विमानस्थलमा साढे ३ किलो गाँजासहित थाई नागरिक पक्राउ

156 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे तीन किलोभन्दा बढी गाँजासहित एक थाई नागरिक पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ३९ वर्षीय योङग्युत थुइनलाई पक्राउ गरेको हो। उनी सोमबार राति सवा १२ बजे थाई एअरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए।

उनको सुटकेसभित्रबाट ३ किलो ४३५ ग्राम गाँजा बरामद गरिएको विमानस्थल प्रहरी कार्यालयका प्रवक्ता ढुण्डिराज नेउपानेले जानकारी दिएका छन्।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।