काठमाडौं । चालु आर्थिक वर्षमा नेपालमा १७ वटा गैंडा मरेका छन्। तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साउन यता निकुञ्ज तथा आसपास क्षेत्रमा गैंडासहित कुल ५७ वटा वन्यजन्तु मरेका छन्।
यस अवधिमा ४ वटा बाघ, ३ वटा हात्ती र १८ वटा चित्तल मरेका छन्। साथै चितुवा, जरायो, मगर गोही तथा घडियाल गोही २/२ वटा, अजिङ्गर र सुन गोहोरो १/१ वटा तथा अन्य ४ वटा वन्यजन्तु मरेका छन्।
वन्यजन्तुहरू दलदलमा फस्ने, आपसमा जुध्ने, दुर्घटनामा पर्ने तथा बाघको आक्रमणमा पर्ने जस्ता प्राकृतिक कारणले मरेको जनाइएको छ।
अधिकारीका अनुसार समुदायस्तरमा संरक्षणबारे बढेको चेतना र सचेतनाका कारण चोरी शिकारीका घटना घट्दै गएको छ, जसले वन्यजन्तु संरक्षणमा सकारात्मक प्रभाव पारेको छ।
गत आर्थिक वर्षमा भने ८१ वटा वन्यजन्तु मरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया