काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।
नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र नभई ‘शुभेच्छुक संगठन’ का रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरेका छन् ।
उनका अनुसार अब नेविसंघले आफ्नै विधान निर्माण गर्ने, नेतृत्व चयन गर्ने तथा कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ । सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम बनाउन समेत पार्टीका पदाधिकारीसँग अनुमति लिनुपर्ने प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर बनेको उनको ठहर छ ।
सभापति शेर्पाले यो निर्णयलाई ‘सेपरेसन’ नभई विद्यार्थीका मुद्दामा केन्द्रित हुन लिइएको ‘फङ्गशनल अटोनोमी’ का रूपमा बुझ्न आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया