काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ ।
गत शुक्रबारदेखि सुरु भएको बैठकमा सभापति गगन थापाको राजीनामाबारे नेताहरूले धारणा राख्ने क्रम नसकिएपछि आज बिहान ८ बजे पुनः बैठक बस्न लागेको हो ।
बैठकमा शुक्रबार उपसभापति विश्वप्रकाश शर्माले थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । साथै, चुनावी हारको कारणबारे प्रारम्भिक समीक्षा पनि गरिएको थियो ।
सभापति थापाले राजीनामा दिएपछि अघिल्लो बैठकमा उपस्थित नभएको जनाइएको छ । उनको राजीनामा सोही बैठकले अस्वीकृत गर्ने सम्भावना प्रबल रहेको बताइए पनि राजीनामा फिर्ता लिने वा नलिने भन्ने विषयमा उनी नैतिक दबाबमा रहेका छन् ।
यसैबीच, बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भातृ संगठनको हैसियत नरहने गरी गरेको स्वायत्तता सम्बन्धी निर्णयबारे पनि छलफल हुने एक नेताले जानकारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया