पाल्पामा टिपर दुर्घटना : चालकसहित चार जनाको ज्यान गयो

150 Shares

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका–७ रहबासमा शनिबार राति भएको दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक, रुपन्देही देबदह नगरपालिका–२ खैरेनीका सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका राजन चिदीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर दुर्घटनामा परेको हो ।