काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा नियमित स्वास्थ्य उपचार सकेर हङकङ प्रस्थान गरेका छन्।
उनको सचिवालयका अनुसार सिंगापुरमा उपचार सम्पन्न गरेपछि उनी थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ गएका हुन्।
हङकङमा तय भएका कार्यक्रमहरू पूरा गरेपछि देउवा स्वदेश फर्किने तालिका रहेको जनाइएको छ।
देउवा फागुन १३ गते राति नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया