काठमाडौं — इरान का विदेशमन्त्री अब्बास अरागची ले होर्मुज जलडमरूमध्य हुँदै जापान सँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन्।
जापानको समाचार संस्था क्योडो न्युज सँगको कुराकानीमा उनले उक्त मार्ग प्रयोग गर्ने जापानी जहाजहरूका लागि अनुमति दिन इरान सकारात्मक रहेको बताएका हुन्।
क्योडो न्युजका अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपमा हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाटै वार्ता सुरु भइसकेको जानकारी दिएका छन्।
अरागचीको भनाइपछि जापान सरकारका एक अधिकारीले पनि क्योडो न्युजसँग प्रतिक्रिया दिँदै प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी उपाय इरानी पक्षसँग प्रत्यक्ष संवाद गर्नु रहेको बताएका छन्। साथै, अमेरिकाको सम्भावित दबाब वा उक्साहटबाट जोगिन अत्यधिक सावधानी अपनाउनुपर्नेमा समेत उनले जोड दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया