वन क्षेत्रलाई अर्थतन्त्रको आधार बनाउनुपर्ने अर्थमन्त्री खनालको जोड

156 Shares

काठमाडौं । रामेश्वर खनाल ले नेपालको अर्थतन्त्रमा वन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई मुलुकको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

संघीय संसद भवन को प्राङ्गणमा शुक्रबार आयोजित वृक्षारोपण कार्यक्रममा उनले वन क्षेत्रले नेपालको आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने बताएका हुन्।

मन्त्री खनालका अनुसार वन क्षेत्रले पर्यटनमार्फत समेत ठूलो आम्दानी दिलाइरहेको छ। नेपाल का ट्रेकिङ रुटहरूमा विदेशी पर्यटक आकर्षित हुनुको प्रमुख कारण यहाँको वन र प्राकृतिक सौन्दर्य भएको उनको भनाइ छ।

उनले नेपाललाई विश्वमा चिनाउन “बायोस्फेयर रिजर्भ” घोषणा गर्न सकिने थुप्रै क्षेत्रहरू रहेको उल्लेख गर्दै यस विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए।

साथै उनले वन क्षेत्र विस्तार भएको मात्र हेरेर खुशी नहुने तर त्यसलाई अर्थतन्त्रसँग जोडेर कसरी दिगो रूपमा उपयोग गर्न सकिन्छ भन्ने नीति आवश्यक रहेको बताए।