काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।
बैठकपछि केन्द्रीय सदस्य मधु आचार्य ले बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन्।
बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा सम्बन्धी १४ पृष्ठको प्रतिवेदनमाथि शुक्रबार सदस्यहरूले धारणा राखेका थिए।
नेता आचार्यका अनुसार आइतबारको बैठकमा पनि सोही प्रतिवेदनमाथि सदस्यहरूले आ–आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया