काठमाडौं । ओमप्रकाश अर्याल ले शुक्रबार निर्माणाधीन नयाँ संसद भवनको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन्।
निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परे दुवै सदनको संयुक्त बैठक सञ्चालन गर्न समेत पूर्वाधार तयार रहेको जानकारी दिए।
उनका अनुसार कार्यव्यवस्था समितिको बैठक कक्ष, सभामुखको कार्यकक्ष लगायतका संरचना तयार भइसकेका छन्। सांसदहरूको शपथ ग्रहण मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन पूर्ण रूपमा तयार रहेको उनले दाबी गरे।
सिट प्लानिङ, फर्निचर व्यवस्थापन, माइक तथा स्क्रिन जडानको काम पनि तीव्र गतिमा भइरहेको उनले बताए। अस्थायी व्यवस्थापन भए पनि प्रविधि र संरचना सन्तोषजनक रहेको उल्लेख गर्दै काम द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया