129
Shares
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की ले शुक्रबार जानकी मन्दिर मा पूजा अर्चना गर्नुभएको छ।
अन्तरिम सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक जनकपुरधाम पुग्नुभएकी प्रधानमन्त्री कार्की विमानस्थलबाट सिधै मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो। पूजा पश्चात उहाँले मन्दिरका महन्थ तथा पूजारीहरूसँग भेटघाट गर्नुभएको थियो।
पूजा सम्पन्न गरेपछि प्रधानमन्त्री कार्कीले जनकपुरधाम भ्रमणलाई ‘उपलब्धिमूलक’ रहेको बताउनुभयो। उहाँले आफू राजनीतिक उद्देश्यले नभई धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आएको स्पष्ट पार्नुभयो।
जनकपुरधामबाट उहाँको महोत्तरी जाने कार्यक्रम रहेको छ। त्यहाँस्थित निगौल गाई गौशाला को निरीक्षण गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया