98
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट सुरु भएको हो ।
पार्टीका एक पदाधिकारीका अनुसार आजको बैठकका लागि दुई मुख्य एजेन्डा तय गरिएका छन् । बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा तथा सभापति गगन थापाले दिएको राजीनामाबारे छलफल हुने जनाइएको छ ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा मार्फत राजीनामा बुझाएका थिए । यद्यपि थापा भने बैठकमा उपस्थित भएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया