124
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको नेता चयनका लागि मतदान प्रक्रिया नगर्ने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीच भएको छलफलपछि यस्तो सहमति भएको हो ।
उनका अनुसार पार्टीका सबै निर्वाचित सांसदहरूको सहमतिमा संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरिएको छ ।
सोही सहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउने निर्णय भएको बताइएको छ ।
उक्त निर्णयलाई औपचारिकता दिनका लागि यही १२ गतेतिर केन्द्रीय समिति बैठक बस्ने तयारी भइरहेको जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया