एकैदिन ७ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

105 Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ लाख रूपैयाँभन्दा तल झरेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ७ हजार ८०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको छ ।