प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च, प्रतिमतदाता २८४ रुपैयाँ

132 Shares

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको र बाँकी भुक्तानी दायित्वसमेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड पुगेको जानकारी दिनुभयो ।

उनका अनुसार सरदरमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ । “हामीले मितव्ययी निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ,” उनले भन्नुभयो ।

सरकारले निर्वाचनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ स्रोत सहमति दिएको थियो ।